काठमाडौं । चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमाससम्म सानिमा माई हाइड्रोपावर लिमिटेडले ३२ करोड ९८ लाख रुपैयाँभन्दा बढीको विद्युत विक्री गरेको छ । गत वर्षको पहिलो त्रैमाससम्म ३२ करोड १७ लाख रुपैयाँभन्दा बढीको विद्युत विक्री गरेको कम्पनीले यस वर्ष साढे २ प्रतिशत बढीको विद्युत विक्री गरेको हो ।
कम्पनीको खुद नाफा करीब ६ प्रतिशत बढेको छ । गत वर्ष २३ करोड २४ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष २४ करोड ६२ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको हो । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा करीब ६ प्रतिशत बढेको हो ।
यस वर्ष कम्पनीको वित्तीय खर्च साढे १९ प्रतिशत घटेको छ । गत वर्ष ३ करोड ३२ लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष २ करोड ६७ लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च गरेको हो ।
हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ८ करोड ९२ लाख ५१ हजार रुपैयाँ छ । रिटेण्ड अर्निङ १ अर्ब ४२ करोड ४२ लाख रुपैयाँभन्दा बढी छ भने अन्य जगेडा ५५ करोड ७९ लाख रुपैयाँभन्दा बढी छ । कुल दायित्व १ अर्ब ४८ करोड रुपैयाँ रहेको छ भने कुल सम्पत्ति ६ अर्ब ५५ करोड रुपैयाँभन्दा बढी छ । प्रतिशेयर आम्दानी ७ रुपैयाँ ९७ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ १७ पैसा छ ।