चितवन । फर्निचर उद्योग तथा फर्निसिङ व्यवसायी संघ, चितवनको पाँचौं अधिवेशन तथा साधारणसभाले अध्यक्षमा कृष्णप्रसाद अधिकारीलाई निर्वाचित गरेको छ । अधिवेशनले अधिकारीको नेतृत्वमा संघको १७ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।
समितिका वरिष्ठ अध्यक्ष गोविन्दप्रसाद शर्मा, प्रथम अध्यक्ष केशवराज पौडेल, द्वितीय उपाध्यक्षमा हरिकुमार राजभण्डारी, तृतीय उपाध्यक्षमा निरन्जना घिमिरे, महासचिव रमेश बुर्लाकोटी, कोषाध्यक्षमा दीपक सुनार, सचिव चन्दना कोइराला र सहकोषाध्यक्षमा राम नेपाली निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरूमा इन्द्रप्रसाद अधिकारी, एकराज गायक, पदमराज पौडेल, पवनकुमार राना, योगेश पौडेल, राम गुरुङ, अर्जुन महत्तो र विष्णुप्रसाद रेग्मी निर्वाचित भएका छन् ।
कार्यक्रमको प्रमुख अतिथि नेपाल फर्निचर तथा फर्निसिङका व्यवसायी संघका अध्यक्ष सुजिल श्रेष्ठ रहेका थिए ।