logo
फर्स्ट माइक्रोफाइनान्सको चौधौं साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश प्रस्ताव पारित
फर्स्ट माइक्रोफाइनान्सको चौधौं साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको चौधौं साधारण सभा काठमाडौंको ज्ञानेश्वरमा सम्पन्न भएको छ । 

साधारणसभामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष सुरेन्द्र राज रेग्मीले प्रस्तुत गरेको सञ्चालक समितिको प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ । 

त्यसैगरी साधारणसभाले नेपाल वित्तीय प्रतिवेदन मानबमोजिम तयार गरिएको वार्षिक वित्तीय विवरण सहितको लेखापरीक्षण प्रतिवेदनसमेत पारित गरेको छ । 

उक्त सभाले आर्थिक वर्ष (आव) २०७९÷०८० को मुनाफावाट शेयरधनीलाई संस्थाको चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस शेयर र ७.५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ । 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.