काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का भएको छ । कम्पनीको सञ्चालक समितिले लाभांश वितरण नगर्ने घोषणाकाे सूचना समयमा नै नदिएको भन्दै नेप्सेले कम्पनीको शेयर कारोबार रोक्का गरेको हो ।
नेप्सेले यस विषयमा तीन दिनभित्र स्पष्टीकरण पेस गर्नसमेत निर्देशन दिएको छ । कम्पनीले स्पष्टीकरण पेस गरेपछि मात्रै नेप्सेले शेयर कारोबार खोल्ने छ ।