काठमाडौं। फुड डेलिभरी कम्पनी फुडमाण्डुुले ‘नयाँ वर्ष फिस्ट’ क्याम्पेन ल्याएको छ । यो क्याम्पेनको साथमा ग्राहकले रोमाञ्चक अफरका साथ नयाँ वर्ष २०८२ को शुरुआत गर्न पाउने भएका छन् । ‘नयाँ वर्ष फिस्ट’ क्याम्पेनमार्फत ग्राहकले आफूलाई मनपर्ने रेस्टुराँबाट खाना मगाउँदा ८२ प्रतिशतसम्मको छूट प्राप्त गर्ने बताइएको छ ।
त्यस्तै फ्ल्यास सेलअन्तर्गत ८२ रुपैयाँमा निश्चित खानेकुरा उपलब्ध हुनेछन् भने लोकप्रिय खानामा फ्ल्याट डिस्काउन्ट, क्युरेटेड मिल कम्बो, पार्टी प्याक र ‘डबल द जोय’ अफरमा ‘बाइ वन गेट वन’ अफर समावेश गरिएको छ । यी अफरले ग्राहकलाई नयाँ वर्षभर उत्सव मनाउन थप विकल्प प्रदान गरेको कम्पनीको भनाइ छ ।
फुडमाण्डुकी ब्राण्ड एन्ड मार्केटिङ म्यानेजर इनेशा भट्टराईले यस नयाँ वर्ष क्याम्पेनमार्फत ग्राहकलाई उत्कृष्ट खानाका साथै विशेष अफर प्रदान गरेर उनीहरूको नयाँ वर्षलाई थप रमाइलो र स्मरणीय बनाउने लक्ष्य लिएको बताइन् ।