काठमाडौं । पियोर इनर्जी लिमिटेडको आईपीओमा पहिलो दिनमै मागभन्दा करिब ५ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार बिहीवार साझ ५ बजेसम्म ४ लाख ५८ हजार ५४१ जना आवेदकहरुबाट ५४ लाख ९८ हजार ३३० कित्ता शेयर खरीद माग भएको हो । कम्पनीले बिहीवारदेखि सर्वसाधारणमा ११ लाख ९५ हजार २०० कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याएको हो । पहिलो दिनमै मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीको आईपीओ वैशाख २ गतेसम्म मात्र निष्कासनमा रहनेछ ।
आयोजना प्रभावित स्थानीय,वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानीकोषहरुमा आईपीओ बाँडफाँट गरी कम्पनीले सर्वसाधारणमा जारी गरेको हो । कम्पनीले १ लाख ६० हजार कित्ता स्थानीय बासिन्दाहरूका लागि, १ लाख ४४ हजार कित्ता आईपीओ वैदेशिक रोजगार गरी रहेका नेपालीहरूका लागि २८ हजार ८०० कित्ता कर्मचारीका लागि र सामूहिक लगानीकोषका लागि ७२ हजार कित्ता आईपीओ बाँडफाँट गरेको हो । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।