काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले विद्यमान संस्थापक शेयरधनीहरूमा विक्री नभएको २ लाख ७४ हजार २०१ कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला गरेको छ । कम्पनीले आजदेखि आगामी सात दिनभित्र आवेदन पेश गर्न सकिने गरी अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री खुला गरेको हो ।
इच्छुक खरीदकर्ताहरूले तोकिएको मितिभित्र कम्पनीको केन्द्रीय कार्यालय कमलाखी, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र प्राथमिकतामा राखेर यी शेयर विक्रीका लागि ३५ दिने सूचना जारी गरिसकेको बताएको छ ।