काठमाडौं । प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालित प्रभु स्मार्ट फण्ड र प्रभु सेलेक्ट फण्डले असार मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् ।
उक्त वित्तीय विवरण अनुसार यी दुवै फण्डको नाफा जेठ मसान्तको तुलनामा असार मसान्तमा वृद्धि भएको छ । प्रभु सेलेक्ट फण्डले जेठ मसान्तसम्ममा रू. ११ करोड १६ लाख नाफा कमाएकोमा असार मसान्तमा बढेर रू. १४ करोड ७० लाख पुगेको छ ।
त्यस्तै प्रभु स्मार्ट फण्डले जेठ मसान्तमा रू. ४ करोड २६ लाख नाफा कमाएकोमा असार मसान्तमा बढेर रू. ५ करोड ३० लाख पुगेको छ । असारमा यी दुवै फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो ।
नाफासँगै न्याभ पनि वृद्धि भएको छ । प्रभु सेलेक्ट फण्डको न्याभ जेठ मसान्तमा १० रुपैयाँ ७१ पैसा रहेकोमा असार मसान्तमा बढेर ११ रुपैयाँ पुगेको छ । यस फण्डले असार मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ६८ करोड २५ लाख लगानी गरेको छ ।
त्यस्तै प्रभु स्मार्ट फण्डले असार मसान्तसम्ममा रू. ५ करोड ३० लाख नाफा कमाएको छ । जेठ मसान्तमा यस फण्डले रू. ४ करोड २६ लाख नाफा कमाएको थियो । यस फण्डले असार मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ३९ करोड ४ लाखभन्दा बढी लगानी गरेको छ ।