काठमाडौं । पूर्वरक्षामन्त्री शिगेरु इशिबा जापानको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् ।
सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीको प्रमुखका लागि शुक्रवार भएको मतदानमा जित हासिल गरेसँगै इशिबा प्रधानमन्त्री बन्ने भएका हुन् । पार्टी प्रमुखको लागि भएको मतदानमा उनले २१५ मत पाए भने उनका प्रतिस्पर्धी शानाइ ताकाचीले १९४ मत पाइन् ।
जापानको तल्लो सदनमा लिबरल डेमोक्रेटिक पार्टीको बहुमत छ । ४६५ सिट रहेको उक्त सदनमा लिबरल डेमोक्रेटिकको २५८ सिट छ ।
इशिबाले अर्को साता फुमियो किशिदाको स्थान लिनेछन् । प्रधानमन्त्री किशिदा र उनका सबै मन्त्रीहरूले गत मंगलवार राजीनामा दिएका थिए ।