काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ यात्रा शुरु भएको छ । जात्राको पहिलो दिन रथलाई ललितपुरको पुल्चोकबाट तानेर गाबाहाल पुर्याइएको छ ।
वैशाख शुक्ल प्रतिपदामा पुल्चोकबाट शुरु हुने यस जात्रामा भगवान मच्छिन्द्रनाथको मूर्तिलाई रथमा राखी शहरका विभिन्न ठाउँमा घुमाइन्छ । पुल्चोकबाट मंगलबजार, सुन्धारा, लगनखेल, कुमारीपाटी हुँदै असार शुक्ल चौथीसम्म जावलाखेलमा भोटो देखाएर जात्रा सम्पन्न हुन्छ ।
करीब दुई महीनासम्म चल्ने यो जात्रा उपत्यकाको सबैभन्दा लामो जात्रा हो । सो जात्राको विशिष्ट सांस्कृतिक एवं धार्मिक महत्त्व रहिआएको संस्कृतिविद बताउँछन् ।
हेर्नुस् जात्राका तस्वीरहरू