काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखहरूको विलम्ब शुल्कमा शत प्रतिशत छूट दिने भएको छ ।
कम्पनीले छैटौं वार्षिकोत्सवको उपलक्ष्यमा यस्तो योजना सार्वजनिक गरेको हो । कम्पनीले भदौ १५ देखि ३१ गतेसम्म विलम्ब शुल्कमा १०० प्रतिशत छूट दिने जानकारी दिएको छ ।
उक्त शुल्कहरू अनलाइन कनेक्ट आइएपीएस, ई–सेवा, आईएमई पे र खल्तीबाट भुक्तानी गर्न सकिने जनाएको छ । यस्तो छूट सुविधा बीमा अवधिभरि एक पटक मात्रै प्रदान गरिने कम्पनीले जनाएको छ ।