काठमाडौं । वैशाख ३ गतेदेखि सार्वजनिक निष्कासनमा आएको रिलायबल समृद्धि योजनाको इकाई वैशाख १७ गतेसम्म निष्कासनमा रहने भएको छ । रिलायबल इन्भेष्टेमन्ट एण्ड मर्चेन्ट क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुने गरी क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री गर्न लागेको हो ।
रिलायबल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यो योजना १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको रहेको छ । कुल १० करोड इकाईको १५ प्रतिशत इकाई अर्थात १ करोड १५ लाख इकाईमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवर्धक कम्पनी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडलाई र १ प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित गरिएको छ । यी वाहेक बाँकी रहेको ८ करोड ५० लाख इकाई भने सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा ल्याइएको हो ।