काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा समाज प्रकाश श्रेष्ठलाई नियुक्त गरेको छ ।
कम्पनीको साउन ९ गते बसेको सञ्चालक समिति बैठकले का.मु प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
श्रेष्ठ साउन ९ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षका लागि कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।