काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले यस वर्ष पनि शेयरधनीहरुको हात खाली बनाउने भएको छ । चैत २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८०÷८१ को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सोही बैठकले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु आगामी वार्षिक साधारण सभामा पारितका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिने निर्णय पनि गरेको छ । कम्पनीले गत वर्ष पनि लगानीकर्ताको हात खाली बनाएको थियो ।
विगतका वर्षहरुमा निरन्तर लाभांश वितरण गर्दै आएको कम्पनीले पछिल्लो वर्ष ०७८÷७९ मा ६ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । त्यसपछिको दुई आर्थिक वर्ष भने कम्पनीले लगानीकर्तालाई निरास बनाएको हो ।