logo
रुकुमको आठबिसकोटमा एनएमबि बैंकको शाखा
रुकुमको आठबिसकोटमा एनएमबि बैंकको शाखा

काठमाडौं। एनएमबि बैंक लिमिटेडले रुकुमको आठबिसकोटमा नयाँ शाखा विस्तार गरेको छ । शाखाको आठबिसकोट नगरपालिकाका मेयर रवि केसी र एनएमबि बैंकका नायब महाप्रबन्धक प्रमोद दाहालले सोमवार संयुक्त रूपमा उद्घाटन गरेका हुन् । यो बैंकको २०२औं शाखा हो । सर्वसाधारणलाई सरल र सहज रूपमा बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले सो स्थानमा नयाँ शाखा विस्तार गरिएको बैंकले जानकारी दिएको छ । 

आठबिसकोट शाखामार्फत स्थानीय, सर्वसाधारण, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह हुने बैंकको विश्वास छ । बैंकले हाल २०२ शाखा, १८६ एटिएम र १० एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.