काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले साधारण सभा प्रयोजनको लागि मङ्सिर २४ गते एक दिन बुक क्लाजे गर्ने भएको छ । कम्पनीले पुस २ गते हुन लागेको तेस्रो वार्षिक साधारण सभा प्रयोजनको लागि उक्त दिन बुक क्लोज गर्ने जानकारी दिएको हो । यस बुक क्लोजको आधारमा मङ्सिर २१ गते सम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन् ।
कम्पनीले तेस्रो वार्षिक साधारण सभा पुस २ गते लैनचौर, काठमाडौंमा साझ ५ बजे शुरु गर्ने जानकारी दिएको छ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । साथै सञ्चालक समिति गठनको विषय पनि सभाका लागि तय भएको छ ।