काठमाडौं । साधारण सभाका लागि ३ महीना समय माग्दै शुभम पावरले धितोपत्र बोर्डमा पत्राचार गरेको छ ।बीमा दाबीको टुङ्गो नलागेकाले तोकिएको समयभित्रै साधारण सभा गर्न नसकिने भएपछि कम्पनीले समय थपका लागि बोर्डमा पत्राचार गरेको हो ।
कम्पनी ऐनबमोजिम कम्पनीको साधारण सभा आर्थिक वर्ष समाप्त भएको ६ महीना (पुसमसान्त)भित्र गरिसक्नुपर्ने प्रावधान छ ।
कम्पनीले निर्माण गरी सञ्चालनमा ल्याएको तल्लो पिलुवा खोला साना जलविद्युत आयोजनामा गत असार २ गते आएको बाढीले व्यापक क्षति पुर्याएको कम्पनीले बताएको छ । साथै सोको पुनर्निर्माण कार्य तीव्र गतिमा भइरहेको कम्पनीको भनाइ छ ।