काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारणसभाका लागि चैत मसान्तसम्मको अवधि थप गर्न आग्रह गरेको छ ।
लेखापरीक्षण नभएकाले यही पुस मसान्तभित्र साधारणसभा गर्न नसकिने भन्दै कम्पनीले उक्त अवधि थप गर्न सम्बन्धित सरोकारवाला निकायहरूसमक्ष आग्रह गरेको हो ।
कम्पनीले अघिल्लो आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण गत असोज २६ गते पारित गरेको थियो ।
अघिल्लो वर्षको वार्षिक साधारण सभासमेत कम्पनीले ढिलो सम्पन्न गरेको थियो । कम्पनीले अघिल्लो आर्थिक वर्षको सञ्चित मुनाफाबाट करसमेत १७ दशमलव ९३ प्रतिशत नगद लाभांश वितरण गरको थियो ।