जेठ १७, काठमाडौं । सामलिङ्ग पावर कम्पनीले कायम सञ्चालक समितिको संख्या घटाएको छ ।
कम्पनीले यसअघि ११ सदस्य रहेको सञ्चालक समितिको संख्या सात जनामा सीमित गरेको हो । कम्पनीको जेठ १६ गते बसेको सञ्चालक समितिको बैठले सो निर्णय गरेको हो ।
नयाँ गठित सञ्चालकहरुमा मोहन दास मानन्धर शम्भु प्रसाद फयल, श्याम मिलन श्रेष्ठ, गोपाल मानन्धर,विनय कुमार तोदि, दुर्गा देवि अधिकारी र राजु शाक्य रहेका छन् । गठित नँया सञ्चालक समितिले मोहन दास मानन्धरलाई नयाँ अध्यक्षमा नियुक्त गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।