साउन ३१, काठमाडौं । सामलिङ्ग पावर कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरण अनुसार कम्पनी गत आवको चौथो त्रैमाससम्म रू. ७ करोड २४ लाख नोक्सानीमा छ ।
अघिल्लो आव कम्पनी रू. ६ करोड ७५ लाख नाफामा थियो । गत आवमा कम्पनीको विद्युत विक्री आम्दानीमा कमी आएकाले नोक्सानीमा गएको हो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको विद्युत विक्री आम्दानी ७६ प्रतिशत घटेको छ ।
अघिल्लो आवमा विद्युत् विक्री बापत रू. ८० करोड ६६ लाख आम्दानी गरेको कम्पनीले गत आवमा रू. १९ करोड २० लाख मात्र कमाएको छ । चुक्तापूँजी रू. ५० करोड रहेको कम्पनीले जगेडामा रू. ६ करोड ७९ लाख सञ्चित गरेको छ ।
गत आवमा कम्पनी नोक्सानीमा भएसँगै प्रतिशेयर वार्षिक आम्दानी रू. १४ दशमलव ९९ ऋणात्मक छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू.१७ दशमलव ४४ धनात्मक थियो । त्यसैगरी गत आवमा कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ११३ दशमलव ५९ छ ।