काठमाडौं । सामसङ नेपालले आफ्नो नयाँ बिस्पोक वासिङ मेसिन नेपाली बजारमा उपलब्ध गराएको छ । १२ केजीसम्मको क्षमता भएको वासिङ मेसिनले एआई–वाश र ऊर्जा बचत गर्दै कपडालाई सुरक्षित राख्ने एआई इकोबबल जस्ता अत्याधुनिक सुविधाहरू रहेको जनाएको छ ।
आवश्यकता अनुसार एआई पर्सनलाइजेसन सुविधा प्रयोग गर्दै स्मार्ट थिंगस् एपद्वारा स्मार्टफोनको मार्फत टाढाबाटै नियन्त्रण गर्न सकिने नयाँ वासिङ मेसिनले लुगा धुन सजिलो बनाउने कम्पनीको भनाइ छ । यसमा स्पेसम्याक्स टेक्नोलोजी भएकाले सानो साइज हुने भएकाले घरमा सजिलै फिट हुने र १२ केजीसम्मको लुगाको लोड सजिलै धुन सक्ने बताइएको छ ।
१२ केजी लाइन–अप दुईओटा फरक मोडलहरूमा उपलब्ध छ । यी दुवै मोडलहरूको मूल्य क्रमश: रु १ लाख १४ हजार ९९० र रु १ लाख २० हजार ९९० रहेको छ । वासिङ मेसिन सामसङ कन्ज्युमर इलेक्ट्रोनिक्सको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेड र आधिकारिक पुनर्विक्रेता त्रिवेणी व्यापार प्राइभेट लिमिटेडका डिलर नेटवर्कद्वारा नेपाल अधिराज्यभर उपलब्ध गराइएको छ।