काठमाडौं। सानिमा बैंकका ग्राहकले तिलगंगा सिटि आँखा सेन्टरमा छूट पाउने भएका छन् । डिजिटल बैंकिङको प्रयोग गरी डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न छूटको व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ ।
बैंकका भिसा डेबिट/क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताले डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छूट पाउने बताइएको छ । बैंकका ग्राहकले पहिलोपटक आँखा जाँच गर्दा रू. ५० मात्र परामर्श शुल्क लाग्ने बैंकले जानकारी दिएको छ ।
बैंकले ग्राहकलाई विभिन्न छूट तथा अफर प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको बताइएको छ । बैंकले देशका सातै प्रदेशमा १३२ कार्यालय तथा १२३ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।