काठमाडौं । सानिमा क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सानिमा इक्वीटी फण्डले प्रस्तावित लाभांश प्रयोजनका लागि असोज १४ गते बुक क्लोज गर्ने भएको छ । यस वर्ष योजनाले १८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
योजना व्यवस्थापकको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट करसमेत १८ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । बुक क्लोजको आधारमा असोज १४ गतेभन्दा अघिल्लो कारोबार दिनसम्म कायम इकाईधनीहरूले लाभांश प्राप्त गर्नेछन् ।
गत वर्षको तुलनामा यस वर्ष योजनाको प्रतिफल कम रहेको छ । गत वर्ष करसमेत २२ प्रतिशत प्रतिफल वितरण गरेको थियो ।