काठमाडौं । सानिमा क्यापिटलको सातौ वार्षिक साधारण सभा आज हुँदैछ ।
सभा कम्पनीको रजिष्टर्ड कार्याएल सममार्ग नक्साल काठमाडौंमा अपरान्ह ४ बजे शुरु हुने छ । सभाले १५ दशमलव ७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी सभाले आव २०७८/ ७९को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७९/ ८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।