काठमाडौं । सानिमा माई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि बुक क्लोज गर्दैछ ।
सोही कारण आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरूले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव पारितका लागि कात्तिक २३ गते साधारण सभा बोलाएको छ । सभा काठमाडौंको सुकेधारास्थित सेलिब्रेसन हाईटमा उक्त दिन बिहान ११ बजे शुरु हुनेछ ।