काठमाडौं । मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सानिमा माई हाइड्रोपावरको शेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले कम्पनीको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. २९७ दशमलव २७ कायम भएको छ ।
नेप्सेले मंगलवारको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । मंगलवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३२७ मा अन्तिम कारोबार भएको थियो ।
यही समायोजित मूल्यलाई आधार मानेर बुधवारदेखि दोस्रो बजारमा यस कम्पनीको शेयर कारोबार खुल्नेछ ।