काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्समा साञ्जेन जलविद्युत कम्पनीको ३६ लाख ५० हजार कित्ता थप शेयर सूचीकृत भएको छ ।
कम्पनीले रसुवा जिल्लाका स्थानिय बासिन्दका लागि निष्कासन गरेको शेयर सूचीकृत गराएको हो ।
अव उक्त शेयर धितोपत्रको दोस्रो बजारमा बिहीवार देखि कारोबारमा आउनेछ ।
कम्पनीले २०७९ भदौ ५ गते देखि असोज ४ गते सम्म ३६ लाख ५० हजार कित्ता शेयर रसुवा जिल्लाको आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई निष्कासन शेयर सूचीकृत गराएको हो ।