काठमाडौं । सनराइज ब्लूचिप फण्डले साउन मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्ड साउन मसान्तसम्ममा रू. १२ करोड ५१ लाख नोक्सानीमा छ ।
असार मसान्तमा भने फण्ड रू. १३ करोड ३७ लाख नाफामा थियो । साउन महीनामा फण्डको आम्दानी रू. १२ करोड ३० लाख ऋणात्मक छ । यस कारण पनि फण्ड नोक्सानीमा गएको हो ।
फण्डको न्याभ भने असार मसान्तको तुलनामा साउन मसान्तमा बढेको छ । असार मसान्तमा फण्डको न्याभ ९ रुपैयाँ ८९ पैसा रहेकोमा साउन मसान्तमा ९ रुपैयाँ ९२ पैसा पुगेको हो ।
त्यस्तै यस फण्डले साउन मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. ८३ करोड ३८ लाख लगानी गरेको छ । यो लगानी असार मसान्तसम्ममा रू. ८५ करोड ६४ लाख थियो ।