काठमाडौं । पछिल्लो केही दिनयता बजार निरन्तर घट्दो ट्रेण्डमा छ । बजार निरन्तर घटेर २४ सयको लाइनमा झरेको हो । साताको तेस्रो कारोबार दिन मंगलवार (आज) पनि नेप्से परिसूचक २ दशमलव ३३ प्रतिशत घटेर २ हजार ४७० दशमलव ३९ विन्दुमा झरेको छ । सोमवार बजार २ दशमलव २८ प्रतिशत घटेको थियो ।
पछिल्लो समय बजारमा विक्रेता हाबी भएका छन् । दिनहुँ बजार घट्दा लगानीकर्ताको मनोबल कमजोर भएको जानकार बताउँछन् ।
पछिल्लो समय नेप्सेसँगै कारोबार रकम पनि घट्दै गएको छ । केही दिनअघि दिनमा रू. ३० अर्ब बराबरको कारोबार भएको शेयर बजार साढे ५ अर्बमा झरेको छ ।
नियामक निकाय नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एक सूचना जारी गर्दै लहलहैमा शेयर खरीद नगर्न आग्रह गरेको छ । नेप्सेले कम्पनीको वित्तीय अवस्था र भावी योजना हेरेर मात्रै लगानी गर्न आग्रह गरेको छ ।
पछिल्लो समय दशैं नजिकिएका कारण पनि बजारमा विक्री दबाब परेको जानकार बताउँछन् । यो बेला लगानीकर्ता खर्च जोहो गर्न हाबी भएकाले बजारमा विक्री दबाब परेको उनीहरूको भनाइ छ
यस दिन सेन्सेटिभ इन्डेक्स २ दशमलव ०९ प्रतिशत, फ्लोट इन्डेक्स २ दशमलव २६ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स २ दशलमव १९ प्रतिशत घटेको छ ।
कारोबारमा आएका धितोपत्रमध्ये सबैभन्दा बढी अप्पर स्याङ्गे हाइड्रोपावरको शेयर मूल्य ७ दशमलव ८३ प्रतिशत वृद्धि भएको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ८७९ कायम भएको छ । यो सूचीमा दोस्रोमा रहेको एनआईबिएल ग्रोथ फण्डको इकाई मूल्य ४ दशमलव ८५ प्रतिशत बढेर रू. १० दशमलव १७ पुगेको छ ।
मंगलवार हिमालयन हाइड्रोपावरको शेयर मूल्यमा भने नेगेटिभ सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४९२ दशमलव ३० मा झरेको छ । यो सूचीमा दोस्रोमा रहेको नेपाल फाइनान्सको शेयर मूल्य ८ दशमलव ७४ प्रतिशत घटेर रू. १ हजार २९५ दशमलव ९० मा कायम भएको छ
आज शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा एनएलजी इन्स्योरेन्स कम्पनीले ओगटेको छ । यस कम्पनीको रू. १८ करोड ४१ लाख बराबरको भएको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ३०१ मा झरेको छ । शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स छ । कम्पनीको रू. १७ करोड ५९ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
यस दिन कारोबारमा आएका १३ओटै समूहगत सूचक घटेका छन् । तीमध्ये वित्त समूहको सूचक सबैभन्दा बढी ४ दशमलव ६० प्रतिशत घटेको छ । यो सूचीमा दोस्रोमा विकास बैंक समूहको सूचक ३ दशमलव ०३ प्रतिशत घटेको छ ।