काठमाडौं। शिवम् सिमेन्टस् लिमिटेड ‘अर्गनाइजेशन सेल्स एक्सेलेन्स अवार्ड २०२३’ बाट सम्मानित भएको छ । गत शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उद्योग उक्त अवार्डबाट सम्मानित भएको हो । सो अवसरमा उद्योगका उपाध्यक्ष निखिल अग्रवाल ‘इन्डिभिजुअल सेल्स एक्सेलेन्स अवार्ड २०२३’ बाट सम्मानित भएका थिए ।
यसअघि पनि उद्योगले ‘एनएस क्वालिटी अवार्ड २०१९’ प्राप्त गरेको थियो भने ‘बेस्ट म्यानेज्ड कम्पनी अफ द एयर २०२२’ अवार्डसमेत प्राप्त गरेको थियो । उद्योगले ५३ ग्रेड तथा ४३ ग्रेडको ओपीसी उत्पादन तथा विक्रीवितरण गर्दै आएको छ । शिवम् ओपीसीले राष्ट्रिय गौरवका आयोजना तथा अन्य ठूला परियोजना निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताइएको छ । जनशक्ति, पारदर्शिता, ६० हजारभन्दा बढी शेयरधनी, कुशल आन्तरिक व्यवस्थापनका कारण पटक पटक विभिन्न क्षेत्रबाट सम्मानित हुँदै आएको उद्योगको भनाइ छ । उद्योगले अत्याधुनिक जर्मन प्रविधियुक्त प्लान्टबाट आफ्नै खानीको चुनढुंगाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा विक्रीवितरण गर्दै आएको छ ।