काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले गत वर्षको बोनस शेयर वितरण गरेको छ ।
कम्पनीले गत पुस २९ गते सम्पन्न २८औं वार्षिक साधारण सभाबाट पारित गरेको २ दशमलव ४० प्रतिशत बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गरी सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरिदिएको हो ।
चैत २८ गतेदेखि बोनस शेयर वितरण गरेको कम्पनीले जानकारी दिएको छ । पुस १८ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरूको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाकै नाममा रोक्का जनाई बोनस शेयर जम्मा गरिएको छ । सो मितिपश्चात् कर्जा राफसाफ भइसकेको भए फुकुवा गर्नसमेत कम्पनीले भनेको छ ।
कम्पनीले यस वर्ष बोनस सँगै करसमेत ५ दशमलव २० प्रतिशत नगद लाभांश वितरण गरेको हो । । नगद लाभांश भने कम्पनीले यसअघि नै वितरण गरिसकेको छ । वार्षिक साधारण सभा प्रयोजनका लागि पुस १९ गते एक दिन बुक क्लोज गरेको कम्पनीले पुस १८ गतेसम्म कायम शेयरधनीहरूलाई मात्र लाभांश वितरण गरेको हो । कम्पनीको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।