काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को लाभांश प्रस्ताव गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार रुपैयाँको आधारमा ४ दशमलव २१ प्रतिशत करसमेत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
असोज २४ गते बसेको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरूलाई वितरण हुनेछ ।