काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण गरेको छ । बैंकले मंसिर ५ गतेदेखि नै शेयरधनीहरूलाई नगद लाभांश वितरण गर्न शुरु गरेको हो ।
बैंकको २२ औं वार्षिक साधारण सभाले पारित ४ दशलमव २१ प्रतिशत नगद लाभांश हितग्राही खातामा अद्यावधिक गराएको बैंक खातामा मङ्सिर ५ गतेदेखि जम्मा गरिदिएको हो ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले कात्तिक २१ गते बुक क्लोज गरेको थियो । सो अनुसार कात्तिक २० गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूको बैंक खातामा सो लाभांश पठाएको हो । बैंकको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड छ।