काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको २१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सभा शुक्रवार भृकुटीमण्डप स्थित नेपाल पर्यटन बोर्डको सभाकक्षमा सम्पन्न भएको हो ।
सभाले ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ४७३७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यसैगरी सभाले यस
सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिने प्रस्ताव पनि पारित गरेको हो । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १८ गते बुक क्लोज गरेको थियो । यस बुक क्लोजको आधारमा पुस १७ गते सम्म कायम शेयरधनीले लाभांश पाउन योग्य छन् ।