काठमाडौं । आइतवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिद्धार्थ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।
कम्पनीको ११ लाख ५९ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । शेयरधनीको हितग्राही खातामा आएपछि यो बोनस शेयर खरीदविक्री गर्न सकिनेछ । कम्पनीले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ९ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।