काठमाडौं । सिद्धार्थ व्यवस्थित लगानी योजनाको आकार वृद्धि भएको छ । योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेडले योजनाको आकार १ अर्ब रुपैयाँबाट बढाएर १ अर्ब ५० करोड रुपैयाँ कायम गरिएको जानकारी दिएको हो । योजनाको आकार वृद्धिका लागि नेपाल धितोपत्र बोर्डबाट योजना व्यवस्थापकले असोज २२ गते स्वीकृति पाएको थियो ।
साथै योजनाको इकाई विक्री गर्दा खुद सम्पत्ति मूल्यमा कट्टा गरिने १ दशमलव ५ प्रतिशत बहिर्गमन शुल्क इकाई खरीद गरेको एक वर्षपश्चात् छूट हुने व्यवस्था भएको छ ।
यसअघि यो शुल्कमा छूट पाउन इकाई खरीद गरेको तीन वर्ष अवधि कायम हुनुपर्ने व्यवस्था थियो । बहिर्गमन शुल्कमा छूटसम्बन्धी व्यवस्था कात्तिक ११ गतेबाट लागू हुने जानकारीसमेत योजना व्यवस्थापकले दिएको छ ।