काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ । यसका लागि कम्पनीले सिटिजन्स क्यापिटललाई शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
बिहीवार भएको सम्झौतापत्रमा सिद्धि हाइड्रोका तर्फबाट प्रबन्ध निर्देशक सन्तोषराज नेपाल र सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार सिटिजन्स क्यापिटलले सिद्धि हाइड्रोको सार्वजनिक निष्कासनका लागि विक्री प्रबन्धकको कार्य गर्नेछ ।
सिद्धि हाइड्रोले निर्माण गरिरहेको आयोजना ‘सिद्धि खोला जलविद्युत आयोजना’ इलाम जिल्लामा अवस्थित छ । यो आयोजना १० मेगावाट बिजुली उत्पादन क्षमताको छ ।