काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सीजी कम्युनिकेसन्स लिमिटेडको ग्रामीण दूरसञ्चार सेवाका अनुमतिपत्र खारेज भएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको अनुमतिपत्र व्यवस्थापन शाखाले बिहीवार (आज) एक दैनिक पत्रिकामा सूचना प्रकाशित गर्दै उक्त जानकारी दिएको हो । कम्पनीले अनुमतिपत्र नविकरणका लागि आवेदन पेस नगरेपछि अनुमतिपत्र रद्द गरिएको प्राधिकरणले जनाएको छ ।
‘...नवीकरणका लागि दूरसञ्चार नियमावली, २०५४ को नियम १२ बमोजिम तोकिएको अवधिभित्र नवीकरण दस्तुरसहित निवेदन पेस नगरेकोले उक्त सेवा प्रदायकलाई प्रदान गरिएको ग्रामीण दूरसञ्चार सेवाको अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) बमोजिम २ डिसेम्बर, २०२३ (मिति २०८०/०८/१६) देखि स्वतः रद्द भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा उल्लेख छ ।
सीजी कम्युनिकेसन्स (तत्कालीन एस.टी.एस. टेलिकम सञ्चार प्रालि)ले सन् २००३ नोभेम्बर २१ मा ग्रामीण दूरसञ्चार सेवाका लागि अनुमतिपत्र लिएको थियो ।
हेर्नुस् सूचना