काठमाडौं । सिटी होटल लिमिटेडले यही पुस २६ गते नवौं वार्षिक साधारण सभा बोलाएको छ
होटलले कालिमाटी ब्याङ्क्वेट, कालिमाटी, काठमाडौंमा नवौं वार्षिक साधारण सभा बोलाएको हो । सो सभा बिहान ११ बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्तापूँजीको १ बराबर ०.८० को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी, सभाले प्रबन्धपत्रमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनी समूह तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरूको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्तावहरू पारित गर्नेछ ।
त्यस्तै गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ होटलले पुस १६ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । यस अनुसार पुस १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरू होटलको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।