काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले कम्पनीको ५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ४७१ दशमलव ८१ कायम भएको छ ।
बिहीवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४९५ दशमलव ४० मा अन्तिम कारोबार भएको थियो ।
यही समायोजित मूल्यका आधारमा आइतवार यस कम्पनीको शेयर कारोबार खुल्नेछ ।