काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।
फागुन ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा २६ दशमलव ९८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ रहेको छ । यस कम्पनीले ५ अर्ब रुपैयाँ चुक्तापूँजी कायम गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको छ ।
२६ दशमलव ९८ प्रतिशत बोनस शेयरपछि कम्पनीको चुक्तापूँजी ५ अर्ब रुपैयाँ कायम हुनेछ । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित भएपछि वितरण हुनेछ ।