काठमाडौं । सिटिजन्स म्यचुअल फण्डअन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड-१ को नोक्सानी माघको तुलनामा फागुनमा घटेको छ । माघ मसान्तसम्म ६१ लाख ६८ हजार रुपैयाँ नोक्सानीमा रहेको योजना फागुन मसान्तसम्म ३२ लाख ९१ हजार रुपैयाँभन्दा बढी नोक्सानीमा रहेको हो । यो महीना योजनाको आम्दानी बढेकाले नोक्सानी घटेको हो ।
माघ मसान्तसम्म २४ लाख ६९ हजार रुपैयाँ आम्दानी गरेको योजनाले फागुन मसान्तसम्म ६६ लाख ७ हजार रुपैयाँभन्दा बढी आम्दानी गरेको हो । गत महीना फण्डको खर्च भने बढेको छ । माघ मसान्तसम्म ८६ लाख ३७ हजार रुपैयाँ खर्च गरेको योजनाले फागुन मसान्तसम्म ९८ लाख ९९ हजार रुपैयाँ खर्च गरेको छ ।
फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य बढेको छ । माघ मसान्तसम्म १० रुपैयाँ १७ पैसा रहेको प्रतिइकाई खुद सम्पत्ति मूल्य फागुन मसान्तसम्म १० रुपैयाँ २० पैसा रहेको छ ।
सात वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले ८ करोड २० लाख कित्ता इकाई जारी गरेको थियो ।
फागुन मसान्तसम्म योजनाले धितोपत्रमा गरेको लगानीको परल मूल्य ८६ करोड ३४ लाख रुपैयाँ छ । धितोपत्रमा गरेको लगानीको परल मूल्यभन्दा बजार मूल्य कम छ । योजनाले धितोपत्रमा गरेको लगानीको परल मूल्य फागुन मसान्तसम्म ७६ करोड ७२ लाख रुपैयाँभन्दा बढी छ ।