काठमाडौं । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिटिजनस म्युचुअल फण्ड–२ को प्रति इकाई खुद सम्पत्ति मूल्य चैतमा घटेको छ । फागुन मसान्तसम्म १० रुपैयाँ ८८ पैसा रहेको कम्पनीको प्रतिइकाई खुद सम्पत्ति मूल्य चैत मसान्तसम्म भने १० रुपैयाँ ४२ पैसा कायम भएको हो ।
७ वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजना २०७६ असार २२ गतेदेखि सञ्चालनमा छ । यस योजना सञ्चालनका लागि ५ करोड ६० लाख इकाई जारी गरिएको थियो । चैत मसान्तसम्म योजना २ करोड १९ लाख रुपैयाँभन्दा बढी नाफामा छ । फागुन मसान्तसम्मको तुलनामा योजनाको नाफा घटेको हो । फागुन मसान्तसम्म योजना ४ करोड ७४ लाख रुपैयाँभन्दा बढी नाफामा थियो ।
योजनाको आम्दानी फागुन मसान्तसम्म ५ करोड ५२ लाख रुपैयाँभन्दा बढी रहेकोमा चैत मसान्तसम्म भने ३ करोड ७ लाख रुपैयाँभन्दा बढी रहेको हो । योजनाको खर्च भने बढेको छ । फागुन मसान्तसम्म योजनाले ७७ लाख ८९ हजार रुपैयाँभन्दा बढी खर्च गरेकोमा चैत मसान्तसम्म ८७ लाख ५७ हजार रुपैयाँभन्दा बढी खर्च गरेको छ ।
धितोपत्र बजारमा लगानी गर्ने प्रमुख उद्देश्यसहित सञ्चालित यस योजनाले चैत मसान्तसम्म भने धितोपत्रमा गरेको लगानीको परल मूल्य ५९ करोड २६ लाख रुपैयाँभन्दा बढी छ । योजनाले गरेको लगानीको बजार मूल्य भने ५२ करोड ७९ लाख रुपैयाँभन्दा बढी छ ।