काठमाडौं । मंगलवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिटिजन्स सुपर ३० म्युचुअल फण्डको इकाई सूचीकृत भएको छ । फण्डको कुल ७ करोड ५० लाख ७२ हजार ३९० इकाई सूचीकृत भएको हो
अब यी इकाई भोलि (बुधवार)बाट धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछन् । स्टक सिम्बोल सि३०एमफ रहेको छ । यो फण्ड सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित छ ।