काठमाडौं । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिटिजन्स सुपर ३० म्युचुअल फण्डले माघ मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरणअनुसार फण्डले पुस मसान्तको तुलनामा माघ मसान्तमा सूचीकृत शेयरमा लगानी बढाएको छ । पुस मसान्तमा फण्डले सूचीकृत शेयरमा रू.५६ करोड ५ लाख लगानी गरेकोमा माघ मसान्तमा बढाएर रू. ५८ करोड ५६ लाख पुर्याएको हो ।
फण्डले माघ मसान्तसम्ममा रू. ५ करोड ८३ लाख नाफा कमाएको छ । यो नाफा पुसमसान्तको तुलनामा ३२ प्रतिशत वृद्धि भएको हो । पुस मसान्तमा फण्डले रू. ४ करोड ३९ लाख नाफा कमाएको थियो । माघमा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । पुस मसान्तमा फण्डको कुल आम्दानी रू. ५ करोड १९ लाख रहेकोमा माघ मसान्तमा बढेर रू. ६ करोड ७६ लाख पुगेको छ ।
नाफासँगै फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) पनि वृद्धि भएको छ । पुस मसान्तमा फण्डको न्याभ १० रुपैयाँ ६३ पैसा रहेकोमा माघ मसान्तमा बढेर १० रुपैयाँ ८२ पैसा पुगेको छ ।
त्यस्तै फण्डले माघ मसान्तमा सूचीकृत शेयरमा रू. ५८ करोड ५६ लाख लगानी गरेको छ । यो लगानी पुस मसान्तमा रू. ५६ करोड ५ लाख थियो ।