काठमाडांै । समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड एक हुने भएका छन् ।
यी दुई कम्पनीबीच फागुन १७ गते मर्जरमा जाने सहमति पत्रमा हस्ताक्षर भएको हो । समाज लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय मलंगवा, सर्लाही र ग्रामिण विकास लघुवित्तको केन्द्रिय कार्यालय बुटवलमा रहेको छ । ग्रामिण विकास लघुवित्तको चुक्तापूँजी ९८ करोड २५ लाख रुपैयाँ छ भने समाज लघुवित्तको चुक्तापूँजी २ करोड २८ लाख ५० हजार रुपैयाँ छ ।
यी दुवै कम्पनी धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनी हुन । पछिल्लो व्यवस्था अनुसार एकिकृत कारोबार भएपछिको बढीमा १५ दिनमात्र शेयर कारोबार रोक्का हुने हुँदा तत्काल भने दुवै कम्पनीको शेयर कारोबार खुला हुनेछ ।