काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको खुद नोक्सानी यस वर्ष घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार गत वर्ष यो अवधिसम्म १३ करोड ३४ लाख रूपैयाँभन्दा बढी रहेको खुद नोक्सानी यस वर्ष ६ करोड ९३ लाख रूपैयाँभन्दा बढी कायम भएको हो ।
गत वर्षको तुलनामा यस वर्ष इम्पेरमेन्ट चार्ज कम हुँदा कम्पनीको खुद नोक्सानी घटेको हो । गत वर्ष १२ करोड ६२ लाख रूपैयाँभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज रकम यस वर्ष ४ करोड १२ लाख रूपैयाँभन्दा बढी मात्र रहेको हो । इम्पेरमेन्ट चार्ज घटेसँगै गत वर्ष १३ करोड ८५ लाख रूपैयाँभन्दा बढी रहेको सञ्चालन नोक्सानी घटेर यस वर्ष ७ करोड ३१ लाख रूपैयाँभन्दा बढी कायम भएको हो । हाल यस कम्पनीको चुक्तापूँजी ८१ करोड ८९ लाख ११ हजार रूपैयाँ रहेको छ ।
शेयर प्रिमियममा १ करोड ९७ लाख रूपैयाँभन्दा बढी रहेको कम्पनीको रिटर्न अर्निग ५३ करोड ६१ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । जगेडा कोष रकम भने २६ करोड ५६ लाख रूपैयाँभन्दा बढी कायम छ । तेस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा ५ अर्ब ३६ करोड रूपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । तेस्रो त्रैमाससम्म १ अर्ब ९० करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले १ अर्ब ४३ करोड रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जा गत वर्ष १३ दशमलव ४९ प्रतिशत रहेकोमा यस वर्ष बढेर १७ दशमलव २३ प्रतिशत पुगेको छ ।
रिपाेट हेर्न यहाँ क्लिक गर्नुहाेस