काठमाडौं । सन नेपाल लाइफ इनस्योरेन्स कम्पनी लिमिटेडको २७ प्रतिशत हकप्रद शेयरपछिको मूल्य तोकिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीको चैत ४ गते कायम अन्तिम शेयरमूल्यको आधारमा हकप्रद शेयरपछिको मूल्य तोकेको हो । नेप्सेले कम्पनीको चैत ४ गते कायम अन्तिम शेयरमूल्य ६२६ रुपैयाँ १६ पैसाको आधारमा २७ प्रतिशत बोनस शेयरपछिको मूल्य प्रतिकित्ता ५१६ रुपैयाँ ६६ पैसा तोकेको हो ।
नेप्सेले कम्पनीको बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । चैत ७ गते आइतवार कम्पनीको समायोजन मूल्यका आधारमा कारोबार खुला हुनेछ । समायोजनपछिको मूल्यमा कारोबार हुने शेयरधनीहरुले भने कम्पनीको हकप्रद शेयरमा हकदाबी गर्न पाउने छैनन् । कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट चैत ३ गते २७ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न अनुमति पाएको हो । हकप्रद शेयर निष्कासनको मिति तय गर्न बाँकी रहेको कम्पनीले हकप्रद शेयर प्रयोजनका लागि भने वैशाख ५ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजका आधारमा वैशाख ४ गतेसम्म कायम शेयरधनीहरुले मात्र खरीद गर्न पाउनेछन् ।
कम्पनीले हाल कायम चुक्तापूँजी ३ अर्र्ब ९६ करोड १६ लाख रुपैयाँको आधारमा २७ प्रतिशतले हुने १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो । २७ प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ कायम हुनेछ । कम्पनीले नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम जीवन बीमा कम्पनीले कायम गर्नुपर्ने ५ अर्ब चुक्तापूँजीका लागि हकप्रद शेयर निष्कासन गर्न लागेको हो । यो हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।