काठमाडौं । सोल्टी होटलले आगामी पुस ४ गते ५०औं वार्षिक साधारण सभा बोलाएको छ । लाभांश लगायतका प्रस्ताव पारितका लागि कम्पनीले साधारण सभा बोलाएको हो ।
सभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा भवनको प्रेक्षालयमा उक्त दिन बिहान ११ बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ ।
सभाले गत आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्नेछ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित २६ दशमलव ८५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर १३ गतेदेखि पुस ४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस अनुसार मंसिर १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरूले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।