काठमाडौं । सोमवार सुनको मूल्य प्रतितोला ३ हजार ७०० रुपैयाँले घटेको छ । आइतवार प्रतितोला १ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य १ लाख ८६ हजार ८०० रुपैयाँमा झरेको हो । आइतवार भने प्रतितोला १०० रुपैयाँले सुनको मूल्य घटेको थियो ।
यो दिन चाँदीको मूल्य पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर प्रतितोला १ हजार ९६० रुपैयाँ कायम भएको हो ।
महासंघका अनुसार सोमवार प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ६० हजार १५० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार ६८० रुपैयाँ ५० पैसा तोकिएको छ ।